FAQs Complain Problems

समाचार

ग्यालरी

जिल्ला अदालत गोरखाका माननीय जिल्ला न्यायधीस श्री शिबबहादुर रानाभाटज्यू बाट सिरानचोक गाउँपालिका कार्यालयको न्यायिक समिति अनुगमनका क्रममा लिईएको तस्बिरहरु

मिति: 04/10/2024 - 10:20
,

सिरानचोक गाउँपालिकाका अध्यक्ष  श्री ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको आ.ब. २०८०।०८१ को दोस्रो चौमासिक सम्मको गाउँपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधीहरु, राजनैतिक दलका प्रतिनीधीहरु, पत्रकार, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षकहरु, संघ सस्थाका प्रतिनिधीहरु,  नागरिक समाजका प्रतिनीधिहरु, स्थानीय नागरिकहरु, उपभोक्ता समिति, कर्मचारी लगायत सरोकार वाला निकायको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम ।

मिति: 04/06/2024 - 18:46
, , , , , , , , , , , , , , , , ,

सिरानचोक गाउँपालिका वडा नं २ थालाजुङमा  दिनप्रतिदिन घटेका र घट्नसक्ने आत्महत्या न्युनीकरण सम्बन्धी २०८०।१२।१९ र २० गते  २ दिने तालिम सम्पन्नभएको छ । उक्त तालिममा  वडा नं २ का वडा अध्यक्ष श्री खुसीमान गुरुङले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने गाउँपालिका कार्यालयका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङ  प्रमुख अतिथीको रुपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्री रमेश कुमार श्रेष्ठ बिषेश अतिथीको आतिथ्यता ग्रहण गर्नुभएको थियो । साथै कार्यपालिका सदस्य श्री बिमला श्रीमल लगायत वडाका जनप्रतिनीधी, वडा सचिब, स्वास्थ्य प्रमुख , समाजका भद्रभलादमी विभिन्न युवाक्लबहर

मिति: 04/03/2024 - 16:58
, , , , , , ,

सिरानचोक गाउँपालिकाको कार्यालय वडा नं ७ श्रीनाथकोटमा मिति २०८०।१२।१६ देखी १८ सम्म लैङ्गिक हिंसा/ विभेद न्युनिकरण गर्न एकल पुरुषहरुका लागि कानुनीअधिकारसम्बन्धी  ३ दिने तालिम संचालन भएको छ । उक्त तालिममा वडा अध्यक्ष श्री राजेन्द्र बाबु ढकाल , वडा सदस्यहरु अनु गुरुङ, राजेश गुरुङ र निलबहादुर बस्नेत लगायत  को सहभागीतामा महिला तथा बालबालीका शाखा अधिकृत शारदा ढकालले कार्यक्रम संचालन गर्नुभयो । 

मिति: 03/29/2024 - 15:41
, , , , , , , , ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराद्वारा सिरानचोक गाउँपालिका कार्यालयको सभाहलमा  भ्रष्टचार नियन्त्रण तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत एवम शाखाप्रमुख,  विद्यालयका शिक्षक, प्रधानअध्यापक, व्यवस्थापन समितिका अध्यक्षहरु , नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता भएको थियो । 

मिति: 03/26/2024 - 17:37
, , , , , , , , ,

सिरानचोक गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा न्युनिकरण गर्नका लागि सडक नाटक प्रर्दशन सम्बन्धी सचेतनामुलक कार्यक्रम अन्तरगत मिती २०८० फागुन १८ गतेदेखी २४ गतेसम्म सिरानचोक गाउँपालिका वडा नं २ ४ ५ का महिला दिदीबहिनी हरुलाई सडक नाटक प्रर्दशन सम्बन्धी अभिमुखीकरण गराईएको थियो ।     फागुन २५ गते ११४ आै नारी दिवसको अवसरमा सन्देशमुलक नाटक प्रर्दशन गरी समुदाय स्तरमा सन्देश तथा जानकारी फैलाउने उदेस्यले कार्यक्रमलाई दिगोपना दिनुका साथै सहभागी महिलाहरुको क्षमता विकासमा सहयोग पुग्ने र आत्मबिस्वास बढाउनको लागि तालिमले सहजिकरण गर्नेछ । 

मिति: 03/07/2024 - 15:44
, , ,

यस  सिरानचोक गाउँपालिको कार्यालय अन्तरगत ८ नं वडा जौबारीमा  रही बिगत ४ बर्षदेखी वडा सचिवको रुपमा कार्यगरि कमल लामिछाने क्षेत्री रुपा गाउँपालिकाको कार्यालय कास्कीमा सरुवा भइ जाने क्रममा कार्यालयद्वारा उज्वल भविस्यको कामना गर्दै बिदाइ कार्यक्रम ।

मिति: 02/28/2024 - 13:20
, , , , , ,

सिरानचोक गाउँपालिका महिला तथा बालबालिका (सामाजिक बिकास) शाखाको आ.ब. ०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८०।०८।१८ गतेसम्म ५ दिन गाउँपालिका स्तरीय एकल महिलाहरुको जीविकोपार्जन तथा आयआर्जन सम्बन्धी बाटेको धुप बनाउने तालिम सम्पन्न ।

मिति: 12/13/2023 - 15:54
, , , ,

सिरानचोक गाउँपालिका महिला तथा बालबालिका( सामाजिक बिकास) शाखाको आ.ब. ०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सिरानचोक गाउँपालिका कार्यालयमा सिरानचोक गाउँपालिका वाड नं ५ का महिलाहरुका लागि मिति २०८०।०८।१५ गतेदेखी मिति २०८०।०८।२१ गतेसम्म संचालित विपन्न महिलाहरुको जीविकोपार्जन तथा आयआर्जन सम्बन्धी पुष्प खेती सम्बन्धी ७ दिने तालिम सम्पन्न ।

मिति: 12/13/2023 - 13:43
, , , , ,

सिरानचोक गाउँपालिका द्धारा अस्थायी प्रहरी पोष्ट, धारापानी र अस्थायी प्रहरी पोष्ट, चोरकाटे, गोरखालाई माननीय उप-प्रधान तथा गृहमन्त्री श्री नारायण काजी श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा १ - १ थान मोटरसाईकल वितरण गरियो।

मिति: 05/04/2023 - 15:23
, ,

सिरानचोक गाउँपालिकाद्धारा निर्मित अस्थायी प्रहरी चौकी, चित्रेपोखरी, गोरखाको भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम, उप-प्रधानमन्त्रि तथा गृहमन्त्री श्री नारायण काजी श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा समुद्घाटन गरियो।

मिति: 05/04/2023 - 13:39
, , ,

सिरानचोक गाउँपालिकाको विभिन्न विद्यालयमा कार्यालय सहयोगीको भुमिकामा जागिर गरि ६० बर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई पालिकाको तर्फ बाट रू ५० हजार उपलब्ध गराई सम्मान सहित विदाई गर्ने कार्यक्रम सम्पन्न भएको छ । उहाहरूले ३० बर्ष १० महिना देखी ४७ बर्ष ४ महिना सम्म विद्यालयमा सेवा गर्नु भएको थियो ।
कार्यक्रम मिति २०७८/०३/१८

मिति: 07/05/2021 - 11:42
, , ,

स्कन्ध पुराणको हिमवत खण्डमा उल्लेख भएको पौराणिक कथा अनुसार सिरानचोक गाउपालिकाको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको स्थल सिरानचोककोट स्थित रहेको बाबा गोरखनाथको बालक्रिडा रहेको श्रीनाथ बाबा र श्रीनाथ मण्डलीको मन्दिरमा पिठाधिश बाबा बलभद्र नाथको अगुवाइमा श्री श्री गुरु गोरक्षधाम सिद्राश्रम केन्द्र गोरखाले पुजा, गोरक्ष हवन तथा सवा लाख रोट अर्पण कार्यक्रम मिति २०७८/०२/१२ देखी १९ गते सम्म सञ्चालन गरि सम्पन्न गरियो । यस कार्यक्रमले सिरानचोक गाउपालिकाको शक्ति पीठ श्रीनाथ बाबा र श्रीनाथ मण्डलीलाई प्रचार प्रसार गर्ने काम भएको छ । यस धार्मिक कार्यमा आर्थिक, भौतिक नैतिक सहयोग पुरयाउनु हुने सम्पूर्ण देश

मिति: 06/15/2021 - 15:35
, , , , , , , , , ,

Pages