FAQs Complain Problems

समाचार

ग्यालरी

सिरानचोक गाउँपालिकाले कोभिड १९ सक्रमितहरूको खोज तथा उद्वारको लागि समुदायका सुचना संवाहक एवं शिक्षाका गुरु शिक्षक साथीहरूलाई परिचालन गर्ने भएको हुदा आज वडा न १ केरावारी र वडा न २ थलाजुङमा वडाका जनप्रतिनिधि, वडाका स्वास्थ्यकर्मी र पालिकाका स्वास्थ्य शाखा प्रमुख, अनि अध्यक्ष एवं उपाध्यक्ष बीच छलफल गरी वडा स्तरीय रणनिति तयार गरियो ।

मिति: 05/30/2021 - 00:00
, , , ,

मिति २०७८/०२/१५ गते सिरानचोक गाउँपालिका वडा न ७ सिम्ले र गोहोरेमा एन्टीजिन परिक्षण गर्दा कोभिड सक्रमित भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न गोरखा जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण ढकाल, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सहितको अन्य स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सक्रमितहरू सँग भेटघाट तथा अौषधी वितरण गर्दै

मिति: 05/30/2021 - 00:00
, , , ,

मिति २०७८/२/८ गते सिरानचोक गाउपालिका वडा न ६ स्थित चिलाउनेमा अध्यक्ष ज्यूबाट कोभिड सक्रमितहरूको स्वास्थ्य अवस्था बुझ्न गोरखा अस्पतालका कृष्ण ढकाल, वडाका स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि सहित भेटघाट र कोभिड सक्रमितहरूको लागि स्वास्थ्य सरसफाई तथा पोषण झोला वितरण

मिति: 05/27/2021 - 00:00
, , , , , ,

सिरानचोक गाउपालिका वडा न ८, जौवारीमा कोभिड सक्रमित समुदायमा देखा परेको हुदा, कोभिड सक्रमितहरूको अवस्था बुझन र छलफल गर्नको लागि कोभिड सक्रमित हरूको लागि स्वास्थ्य सरसफाइ तथा पोषण झोला वितरण गर्दै गोरखा अस्पतालका कृष्ण ढकाल सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र स्वास्थ्यकर्मी ।

मिति: 05/23/2021 - 15:41
, , , , , , , ,

सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री राजु गुरुङ ज्यूको अध्यक्षता र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) का उप-कुलपति श्री डा. सुनिल बाबु श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा नाष्ट र सिरानचोक गाउँपालिका वीच वैज्ञानिक गाउँ कार्यक्रम संचालन गर्ने सम्बन्धि समझदारी पत्र हस्ताक्षर कार्यक्रम

मिति: 03/19/2021 - 15:24
, , , ,

मिति २०७७ साल माघ २७ गतेका दिन यस सिरानचोक गाउँपालिका वडा नं २ थालाजुङमा जेष्ठ नागरिक घरभेट स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा सुभारम्भ कार्यक्रम गाउँपालिका अध्यक्ष श्री राजु गुरुङ ज्यूको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रमणी न्यौपाने ज्यूको उपस्थितमा उदघाटन गर्दै सिरानचोक गाउँपालिका वडा नं २ थालाजुङ निवासि १०२ वर्षिय बृद्घ श्री हर्क वहादुर गुरुङ को निःशुल्क स्वास्थ्य जाच गरि सुभारम्भ गरियो । यस सेवा गाउँपालिकाका सवै वडाहरुमा ७५ वर्ष माथिका सवै नागरिकहरुलाई प्रदान गरिनेछ ।

मिति: 02/09/2021 - 15:58

आज मिति २०७७।४।३१ सिरानचोक गाउपालिकाकाे केन्द्र चित्रेपाेखरीमा गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइ, सहायक प्र जि अ श्री देवी पाण्डे, एस पि सुरेन्द्र गुरुङ, उप अनुसन्धान निर्देशक पप्पु शर्मा, शस्सत्र प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीहरुले स्लथलगत निरीक्षण तथा अनुगमन गर्नु भयो । उक्त अवसरमा गाउपालिकाकाे पदाधिकारी तथा कर्मचारी लगायत स्थानिय महानुभावहरुको समेत उपस्थिती थियो ।

मिति: 08/16/2020 - 11:10
, , , , , , , , ,

Pages